मदन भण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति


वाग्मती ।   वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ ।    
    
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ । प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले जानकारी दिनुभयो । स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेको उहाँले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार अनुमति प्राप्त गरेका सबै विषयको अध्ययन गर्ने विद्यार्थीमध्ये प्रदेश सरकारले ७५ प्रतिशतलाई निःशुल्क अध्यापन गराउने छ । यस सम्बन्धी प्रदेश सरकारले नीतिगत निर्णय गरेर सम्बन्धित निकायमा पठाइसकेको उहाँले बताउनुभयो । प्रतिष्ठानले अब पहिलो शैक्षिकसत्रमा अनुमति प्राप्त गरेको तीन विधामा अध्यापन शुरु गराउने छ । –––  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope