बाढीले चार घर बगायो, सात घर जोखिममा


गोरखा  । गोरखाको चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ ।    
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ । विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ ।

नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको उहाँको भनाइ छ । त्यस्तै सल्लेरीमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्पसमेत बाढीको उच्च जोखिममा परेको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope