बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा


रुपन्देही । पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ । निरन्तरको वर्षापछि खसेको पहिरोले पाल्पाको गौडेपुल नजिकै तीनदिनदेखि अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।    
    
अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो । उक्त सडकको विकल्पमा डाइभर्सन राखेर सडक सञ्चालन गरिएको प्रहरी जवान हरीशकुमार पाण्डेले जानकारी दिनुभयो ।

सडक एकतर्फी खुलेपछि रोकिएका यात्रु तथा सवारीसाधनलाई पालैपालो गन्तव्यतर्फ पठाइएको छ । बुटवल नारायणगढ सडकखण्ड भने अझै खुलेको छैन ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope