आपत्कालीन आवास सञ्चालनमा


चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालीन आवास सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा जिल्लामा नै पहिलो पटक आवास प्रयोगमा ल्याएको हो ।    

 भरतपुर–२८ सञ्चालनमा ल्याइएको सो आवास शिलन्यास भएको १८ महिनामा नै भवन सम्पन्न भएको महानगरले जनाएको छ । रु १ करोड ७२ लाखमा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री भण्डारण गर्ने कोठा र कार्यालय कक्ष रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।    

उहाँका अनुसार सो आवासको ६ कठ्ठा ५ धुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल ओटेको भवनमा अत्याधुनिक अलगअलग महिला र पुरुष शौचालय समेत रहेको छ । साथै भवनमा एकपटकमा २०० जना राख्न सकिने जनाइएको छ । भवनको महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope