२४ घण्टामा २६ सय ७ संक्रमित थपिए, ३९ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २६ सय ७ जनमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर गरिएको ७ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ७६८ जना र ४ हजार ७७३ एन्टिजेन परीक्षणमा ८३९ जना गरी २६ सय ७ जनमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।

त्यस्तै २४ घण्टामा थप ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope