थप दुई हजार ७६८ मा कोरोना सङ्क्रमण पुष्टि, ४४ को मृत्यु


काठमाडौँ । नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको छ ।

थप सात हजार ५६९ को पिसिआर परीक्षण तथा चार हजार ४६८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ९६३ तथा एन्टिजेनबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार २० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ५९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा ५०८ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९४, ललितपुरमा ६० तथा भक्तपुरमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप ४४ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६४१ पुगेको मन्त्रालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope