युरोकपमा डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा प्रवेश


काठमाडौं । युरोकप फुटबल अन्तर्गत गएराति भएको दोस्रो खेलमा बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमले डेनमार्कलाई उसकै घरेलु मैदानमा २–१ ले गोल अन्तरले पारजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियमका लागि थोरगन हजार्डले ५४औं र केभिन ब्रुएनले ७०औं मिनेटमा गोल गरेका थिए । डेनमार्कले १ गोल गर्यो । खेलको सुरवातमै डेनमार्कले गोल गरेको थियो । डेनमार्कका लागि युसुफ पोल्सेनले गोल गरेका थिए ।

समूह ख मा बेल्जियम र डेनमार्क सहित रसिया र फिनल्यान्ड रहेका छन् । बेल्जियमले दुई खेल खेलेर ६ अंक बनाएको छ भने २–२ खेल खेलेका रसिया र फिनल्यान्डको समान ३ अंक छ ।

बिहीबार नै सम्पन्न पहिलो खेलमा युक्रेनले उत्तरी मेसेडोनियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope