बर्षेनी बाढीपहिरोको पिरलो: स्थायी समाधान कहिले ?


यतिबेला देशका अधिकाँश भाग बाढीपहिरोको चपेटामा परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची, बुटवलको तिनाउ, पाल्पाको राम्दी,पोखराको सेती, पूर्वको कोशी, पश्चिमको महाकाली आदिमा अस्वभाविक रुपमा बाढीपहिरो उर्लदो छ । जसले गर्दा धेरै जनधनको क्षती देशले यो बर्ष पनि बेहो¥र्नुप¥यो । पहाडमा पहिरो र तराईमा बाढी आउँदा बर्षेनी लाखौँ जनता प्रभावित हुँदै आएका छन् ।

जब–जब बर्खा लाग्छ तब–तब पहाड र खोला आसपासमा बसोबास गर्नेको मन त्रसित बन्छ , कतै यस पटकको बाढीपहिरोको शिकार आफू स्वयं हुने त हैन भनेर । हरेक बर्ष यो समय बाढीपहिरोले आतँक मच्चाइरहेको हुन्छ, सन्चारमाध्यमहरु बढीपहिरोले पु¥याएको क्षतीको बारेमा समाचार प्रेसित गरिरहेका हुन्छन् । लाखौँ जनता बाढिपहिरोको जोखिम र त्यसले निम्त्याएको समस्याको समाचार बनिरहेका छन् ।

हरेक बर्ष कयौँ नागरिक घरबारविहिन बन्छन् , उनीहरुको बसिरहेको बास बगाउँछ, खान सन्चय गरेर राखेको खाध्यान्न बगाउँछ, लत्ताकपडा बगाउँछ । यि सबैसँग गरिबको सपना पनि बगाइरहेको हुन्छ । तर त्यो बगेको सपनाको आँकलन गर्ने कसले ? हिजोसम्म मज्जाले खान लाउन पुगेको मान्छे बाढीपहिरोले घरखेत लगेपछी भोलीपल्टै सडकमा आएको छ । सिन्धुपाल्चोक मेलम्चीका एक बृद्धले आफनो करौडौँको सम्पत्ती आँखैअगाडी बगाएर आफू सुकुम्बासी भएको भनेर गरेको बिलौनाले जो कोहीको पनि मन क्षत–विक्षत हुन्छ । बर्षेनी धेरै मानिस बाढीले घर–खेत लगेपछी एक्कासी सुकुम्बासी बन्न पुगेका छन् ।

यो समयमा हरेक बर्ष बाढिपहिरोले जनधनको क्षती गरीरहेकै हुन्छ । तर यसको स्थायी समाधान कहिले होला ? बाढी आउँछ, केही थान राहातका प्याकेज बाँढिन्छन् । सरकारको टालटुले राहात केही दिनमै रित्तो हुन्छ । तर पिडितको दुःखका दिन फेरी सुरु हुन्छ । गरिब झन गरिब बनिरहेको छ । दुई छाक राम्ररी खान र एकसरो कपडा लाउन उसलाई झनै हम्मेहम्मे पर्छ । अनि बाढी मथ्थर भएजस्तै मत्थथर हुन्छन् यि कुराहरु, यो बर्षलाई ढुक्क भनेजसरी सरकार कानमा तेल हालेर बस्छ । अनि अर्को साल फेरी बर्खा लाग्छ, अनि दोहोरिन्छन् यिनै कुराहरु जस्तै: हजारौ जनता घरबारबिहिन, सयौ मानिसको मृत्यु, आदिइत्यादी ।

स्थायी समाधान नै छैन त ?

प्रकृतीको कहर कसैले रोक्न सक्दैन । तर प्रकृती भन्दा मानव नै बलियो हो भन्ने भ्रमका कारण अनाहकमा धेरैको ज्यान गएको छ । पूर्वअध्ययन बिना खोला आसपासमा बनाइएका बस्तीहरु , खोलामाथी बनाइएका घरहरु, कमजोर धरातलीय संरचनाको अध्ययन बिना डाँडाकाँडामा कुदाइएका डोजरहरु यसको प्रमुख कारक तत्वहरु हुन् । प्रकृतीलाई रोक्न खोज्नु मुर्खता हो र त्यो सकिदैन पनि तर प्रकृतीलाई मज्जाले सन्तुलनमा राख्न सकिन्छ । यसलाई सन्तुलनमा राख्न सबै सरोकार निकाय जागरुक हुन आवाश्यक छ ।

बस्ती र घर बनाउने कुरामा त्यहाँको धरातलीय स्वरुपको बारेमा गहिरो अध्ययन गरी, सरकारले त्यही अनुसारको निर्देशिका जारी गर्ने, यदि कसैले सरकारको निर्णय उल्लँघन गरेमा कडा कारबाही गर्ने , नियम कानूनहरु बनाउने मात्रै हैन त्यसलाई कडाईका साथ लागु गर्ने र बस्तीको लागि शुरक्षित ठाउँको अध्ययन गरी त्यहाँ बसाल्ने योजना ल्याउने हो भने मात्रै पनि क्षती धेरै हदसम्म कम हुने थियो । तर त्यसतर्फ सोच्ने कसले?
काम बोलीमा बोल्नको लागि मात्र हैन, काम व्यवहारमा गर्न पनि हो । बर्षेनी हुँदै आएको क्षती न्यूनीकरण गर्न सरकारी स्तरबाट दिर्घकालिन योजना बनाउनु मात्रै हैन, त्यसलाई ब्यवहारमा पनि उर्तान अत्यावश्यक भइसकेको छ । शक्ति र सत्ताको वरीपरीमात्र घुमेको राजनीतीले अब बर्खाको भेलजस्तै बगेको पिडितको आँशु वरिपरी घुमेर त्यसलाई पुछ्न पनि सक्षम हुनुपर्ने बेला आएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope