मनाङमा यार्सा टिप्न जाँदा अलपत्र बनेका ५६ जनाको उद्धार


काठमाडौं । मनाङको उच्च हिमाली भेगमा अलपत्र परेका ५६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन जनाको स्वास्थ्यमा खराबी देखिएको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उच्च लेकबाट उद्धार गरेर उनीहरुलाई फू गाउँमा ल्याइएको छ ।

नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा संकलन गर्न गएका उनीहरु भारी वर्षापछि स४ दिनदेखी अलपत्र परेका थिए । निरन्तर भएको भारी वर्षाका कारण ४ दिनसम्म उनिहरुको उद्धार हुन सकेको थिएन । शुक्रबार बिहानैबाट मौसम खुलेकाले उद्धारमा सहज भएको प्रजिअ लामिछानेले बताए । उनले शुक्रबार फू मा भएका ५६ जना, ताल्चेका ५५ जना, ओडारमा २८ जनाको उद्धार गरिएको जनाए ।

मनसुनको सुरुमै आएको बाढी, पहिरोका कारण मनाङमा ठूलो क्षति पुगेको छ । मनाङको चामे, ताल गाउँ मर्स्याङ्दीमा बाढी आएका कारण डुबानमा परेका थिए । बाढीका कारण मनाङमा १ हजार बढी परिवार विस्थापित भएका छन् । बाढीका कारण मनाङमा सडक, सञ्चार, खानेपानी, विद्युतविहीन बन्न पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope