चितवनमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँदा ६ प्रहरी घाइते


चितवन । नारायणगढ९मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिँंदा आज साँझ ५ः३० बजे उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उहाँले जानकारी दिनुभयो । घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० भरतपुरमा उपचार भइरहेको छ ।

मुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताउनुभयो । अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनीयरसमेत रहनुभएको थियो । लामिछानेले भन्नुभयो, “मेरो अगाडि एसपी सापको गाडी थियो, अकस्मात् ट्रकले ठक्कर दियो ।”

प्रहरी उपरीक्षकसहितको प्रहरीको अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुको अवस्था खतरामुक्त छ, अब डिस्चार्ज गरेर फर्किँदै छौंँ ।” गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको लामिछानेको भनाइ छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope