मनसुनजन्य विपद्मा परी १७ को मृत्यु


काठमाडौँ । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १÷१ जना रहेका छन् c   

यस्तै बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।    

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्दार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ ।    

गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् । ती घटनाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope