अन्तर्राष्ट्रिय उडान शुल्कमा मनपरी, यसरी मिलाइन्छ सेटिङ्ग, मन्त्रालयमा जान्छ घुस


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीलाई एउटा अवसर बनाएर नेपाली ट्राभल एजेन्सी सञ्चालक र नेपाल स्थित विदेशी विमान कम्पनीमा कार्यरत कर्मचारीले सक्दो लुटेका छन् । एयरलाईन्को कार्यालयमा नै जानुभयो भने टिकट छैन भन्छन तर ट्राभल एजेण्टले भने बढी दाम तिरे टिकट मिलाईदिन सक्ने बताउँछन् ।

करिब तीन महिना अघि निषेधाज्ञा र अन्र्तराष्ट्रिय उडान नियमित भएको बेला कञ्चनपुरका कैलाशसिंह बिष्ट मात्र ९४ हजार ८ सय ७८ रुपैया तिरेर दुबै तर्फको टिकट लिएर अमेरिकाबाट नेपाल आएका थिए । फर्किने मितिको अघिल्लो दिनदेखि नेपालले अन्र्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गर्यो । उनले केही दिन अघि समेत टिकट सार्न पाएनन् ।

त्यसपछि युरोप अमेरिका उडानका लागि सरकारले हप्ताको एक दिन कतार र टर्कीबाट उडान खोल्ने निर्णय लियो । यसैलाई मौका छोपेर नेपाल स्थित विदेशी विमान कम्पनीका कर्मचारी र ट्राभल सञ्चालक मिलेर कमाउनु कमाए । पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका एक असन्तुष्ट कर्मचारीले नाम नबताउने शर्तमा भने यो कमाउन भनेर नै मन्त्रालयले हप्ताको एक दिन मात्र उडान दिएको हो । ‘आखिर पिसिआर टेष्ट गरेर उडान सुचारु गर्ने भए हप्ताको एक दिन दिएपछि सँधैका लागि दिए के फरक पर्दथ्यो र ? यो त यहाँ कमाउनका लागि गरिएको निर्णय,’ हो उनले भने । ‘ट्राभलका एजेण्टहरू मुठाका-मुठा पैसा बोकेर मन्त्रालय बुझाउन आउँछन्,’ उनले भने ।

हुनपनि तयस्तै भएको छ । अहिले ग्राहकले काठमान्डूबाट उड्ने अनलाईन टिकट आफैले खोज्यो भने भेट्दैन । तर एजेण्टलाइ भन्यो भने दुई हप्ता भित्रमा उड्ने टिकट मिलाईदिन्छन। त्यस्तै टिकट पाउने चक्करमा टर्किश एयर्लाइन्सको अफिस पुगेका रमेस शर्मा भन्छन, “अमेरिका उड्ने अनलाईन टिकट कति खोजे कति तर कतै पाईएन । तर ट्राभल एजेण्टसँग कुरा गर्यो भने २ लाख तिरे मिलाईदिने कुरा गर्छन । तर त्यहि डेटको टिकट भने टर्किश एयरलाइन्समै काम गर्ने कर्मचारीले मिलाउन नसक्ने बताउँछन् । भएको के रहेछ भने एयरलाईन्स ग्राहकले देख्नेगरी टिकट संख्या र सहजै अनलाईनबाट रिजर्भ गर्न सक्ने प्रणाली नै बन्द गरिदिएको रहेछ ।’

जो नेपाल वा अमेरिका आउने-जाने गर्नैपर्नेछ उनीहरुले ट्राभलमा नै सम्पर्क गर्नुपर्ने भयो । यस्तो भएपछि विमान कम्पनीको एउटा शुल्क भएपनि यता कर्मचारी र ट्राभल कम्पनीका एजेण्ट मिलेर ठूलो रकम कुम्ल्याए । त्यही चक्करमा कैलाश विष्टपनि फँसे। मात्र ९४ हजार ८ सय ७८ रुपैयाँमा दोहोरो तर्फीको टिकट लिएर आएका कैलासले फर्किन मात्र १ लाख ७५ हजार तिर्नुपर्यो ।

४७ हजार ४ सय ३९ रुपैयाँमा आउँदै गरेको अमेरिका जाने टिकटलाई उनले १ लाख ७५ हजार तिर्नुपर्यो । यो त चार गुणा बढी नै भइहाल्यो । उनले श्रीमती, १२ बर्षभन्दा कम उमेरका छोरा (केही रकम छुट) र आफ्नो सहित ४ लाख १३ हजार रुपैयाँ ट्राभललाई बुझाए । उनले मात्र हैन । उनका केही आफन्तले यो भन्दापनि बढी रकम बुझाएका छन् । अरु केही व्यक्तिहरुपनि भेटिए । इकोनोमी सिटको टिकट नै २ लाख भन्दा माथी तिर्नु परेको उनीहरुले बताए ।

उनले टर्किस एयरलायन्सको टिकट खरिद गरेका थिए । काठमाडौको एक ट्राभलबाट उनले टिकट लिए । टर्किस एयरलायन्सको काठमाडौस्थित कार्यालय कहिलै खुल्ला छ भनिएन । गेटमा पुग्दा समेत सुरक्षा गार्डलाई कार्यालय बन्द छ भन्न लगाइयो । त्यहाँका कर्मचारीले फोन कहिलै उठाएनन् । त्यहि गएर सोध्दा उनीहरुले फोन धेरै आएकोले उठाउन नसक्ने व्यहोरा जनाए । ‘इमर्जेन्सी भए एउटा चिठ्ठी लेखेर हामीलाई छोड्नुहोस, सिट खालि भए हामी आफै तपाईलाई सम्पर्क गर्छु,’ टर्किश एयरलाईन्सका कर्मचारीले भने । ‘नभन्दै एक हप्ता पछि फोन आयो, तर टिकट उपलब्ध हुन् नसकने र कुनै सिट खालि नभएकोले केहि गर्न नसक्ने उनीहरुले बताए,’ रमेश शर्माले भने । ‘त्यसपछि सेवा लिनलाई म आफै ट्राभल एजेन्टसम्म जान बाध्य भए । उनीहरुले भने २ लाख तिर्नुहुन्छ भने अर्को हप्ताको टिकट मिलाईदिन्छु। ‘

टर्किस एयरलायन्सको वाईडबडी विमानमा ३४९ सिट छन् । ३०० सिट इकोनोमी सिट छन् भने ४९ विजनेश सिट छन् । विजनेश सिटमा २ लाख ५० हजार सम्म उठाएको पाइयो भने इकोनोमी सिटमा १ लाख ७५ हजार रुपैयाँ । त्योभन्दा पनि धेरै माथी नै रकम उठाएका केही गुनासाहरु पनि यात्रुहरुले गरे । सामान्य अवस्थामा विजनेश सिटको काठमाडौ अमेरिका ४९० डलर अर्थात ५७३३० रुपैयाँ मात्र हो । ‘अहिले मैले जुलाई ३ को अन्लाईन टिकट ७०० डलरमा काटेको छु तर अहिले अनलाईन छेक गर्ने हो भने कुनै टिकट त्यो दिनलाई उपलब्ध छैन । टर्किश एयरलाईन्सका कर्मचारीलाई पनि फोन गर्ने हो भने छैन भन्छन । तर ट्राभल एजेण्टलाई भन्ने हो भने रू २ लाख तिरे मिल्न सक्ने बताउँछन् ‘ रमेशले भने ।

टर्किस एयरलायन्सले वाईडबडी बोइङ्ग ७७७–३३ इआर (७७ बब्लु) पुरा सिटमा उडान भर्दा विजनेश सिटबाट २८ लाख ९ हजार ७० र इकोनोमी सिट १ करोड ४२ लाख ३१ हजार ७ सय रुपैयाँ सहित एउटा उडानमा १ करोड ७० लाख ४० हजार ७ सय ७० रुपैयाँ उठाउँथ्यो । तर महामारीको बेला विजनेश सिटबाट १ करोड २२ लाख ५० हजार र इकोनोमी सिटबाट ५ करोड २५ लाख रुपैया सहित ६ करोड ४७ लाख ५० हजार रुपैया उठायो । यस्तो लाग्छ यसरी एक हप्तामै नेपालबाट एउटा उडानमा ४ करोड ७७ लाख भन्दा बढी कुम्ल्याउन पाएपछि विमानले पनि किन दलालहरूको प्रयोग गर्दैनथियो ।

लाग्छ उसले ट्राभल सञ्चालकलाई दलाल बनायो । यसरी सिमित उडानमा मनपरी पैसा उठाउने आँट पाउँन मन्त्रालयलाई मोटो रकम हरेक हप्ता बुझायो । अनलाईन पत्रिका जनबोली डट कम लेख्छ, ‘विमानको नेपालस्थित कार्यालयका कर्मचारी घुस बुझाउन हप्तैपिच्छे मन्त्रालय पुग्छन् । उनीहरुले बुझाउने कर्मचारीको स्ट्रिङ्ग अप्रेशन गरिएको छ । यसपछि अर्को अपडेटमा प्रस्तुत हुनेछ । तर यो रकममा उसले ट्राभललाई र मन्त्रालय तथा सरकारी निकायसम्म पुर्यायाउने विचौलियालाई बुझाउनु परेकाले यो सबै रकम विमान कम्पनीमा पुगेको छैन । यसैले टिकटमा शुल्क विनाको इ–टिकट भनेर वर्ड फायल इडिट गरेर दिन्छन् । सहज तरिकाले सक्कली टिकट लिने वातावरण नै बनाएको छैन ।’

यहि बिषयलाई लिएर जनबोली डटकमले एयरलाइन्ससँग सम्पर्क गर्ने प्रयास गरेको रहेछ । पत्रिकाले लेख्छ, ‘टिकट नम्बर नै दिएर हामीले ट्राभललाई बुझाएको रकम यति हो तर यो टिकटको शुल्क कति इन्ट्री एको छ भनेर विमानको आधिकारी फेसबुकपेजमा च्याट गर्दा सिमित जानकारी मात्र दिएर आवश्यक सूचना नै नदिई च्याटबाट बाहिरिन्छन् ।’ यसले के देखाउँछ भने विमान कम्पनीलाईपनि यो कुरा थाहा छ की नेपालमा मनोमानी ढंगले टिकट बिक्रि भइरहेको छ ।’

अहिले भर्खर युरोप र अमेरिका लक्षित हुने चार्टर उडानबाट नेपाली ट्राभल एजेन्सीले कम्तीमा चार गुणा भाडा असुल्न थालेपछि बल्ल सरकारले कतार र टर्कीको उडान दोब्बर बनाएको छ । यद्दपि अझैपनि अन्लाईन टिकट उपलब्ध छैन । त्यसको लागि अगष्ट महिना नै पर्खिनु पर्छ । पर्यटनमन्त्री उमाशंकर अरगरियाले भने, ‘चार्टर उडानमा यात्रुको गुनासो सुनिएकाले सरकारले मन्त्रिपरिषद् बैठकबाट नेपालबाट कतारको दोहा र टर्कीको इस्तानबुलका लागि हुने नियमित उडानलाई दोब्बर बनाइएको छ ।’

‘चार्टर उडानमा भइरहेको मनपरीलाई कम गर्न जेठ १९ देखि सातामा एक उडान मात्र खुला गरिएका मुलुकमध्ये कतार र टर्कीमा सातामा दुईटा उडान गर्ने निर्णय भएको छ,’ पर्यटनमन्त्री अरगरियाले भने । यो निर्णय अनुसार अब नेपाल वायुसेवा निगम र कतार एयरवेजले सातामा दुईटा (आउने र जाने गरी चारवटा) उडान गर्ने छन् । त्यस्तै, सातामा एउटा मात्रै उडान गर्दै आइरहेको टर्किस एयरलायन्सले पनि दुईटा उडान गर्न पाउने छ । पर्यटनमन्त्रीले आन्तरिक उडान पनि चाँडै सञ्चालनमा ल्याइने तर मिति तय भइनसकेको बताए । ‘पहिले अन्तर्राष्ट्रिय उडान खुल्दै जानेछन्,’ उनले भने, ‘त्यसपछि आन्तरिक वायुसेवा पनि खुलाइने छ ।’

चार्टर उडानमा एजेण्ट र वायुसेवाको मिलोमतोमा भइरहेको मनपरी भाडाबारे आफूलाई प्रमाणसहित जानकारी प्राप्त भएमा विदेशी वायुसेवालाई निलम्बन सम्म गर्ने उनले बताएका छन् । उता टर्किश एयर्लाइन्सका कर्मचारीलाई सोध्यो भने पनि त्यसै भन्छन, ‘कसले भन्यो तपाईलाई टिकट छ भनेर ? हामीलाई त्यसको नाम र फोन नम्बर दिनोस न यहि बाट साटो लिन्छु म। ‘ बिचरा यात्रु त्यसै अलमल पर्छ । ‘तर ट्राभलले यतिसम्म चलाखी गर्दछ की शुल्क देखिने टिकट नै दिँदैन । विमानस्थलका कर्मचारीहरुपनि त्यसलाई मलजल गरिरहेका हुन्छन् ।’ एकजनाले भने । यसैबिच सीसीएमसीले मलेसिया, साउदी अरब, युएई र जापानमा नियमित उडान सुरु गर्न सकिने सिफारिस गरेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

‘त्यसैगरी पर्यटन मन्त्रालयले पनि केही अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान खोल्न प्रस्ताव पठाएको जनाएको छ । होटल क्वारेन्टाइनबारे टुंगो लागेसँगै केही मुलुकमा थप उडान सुरु गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव गरेका छौं,’ पर्यटन मन्त्रालयका एक सहसचिवले भने । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएपछि सरकारले २० गतेदेखि आन्तरिक र २३ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । नियमितमा रोक लगाइएपनि चार्टर उडानको टिकटमा केही नेपाली ट्राभल एजेन्टले मनपरी गर्न थालेपछि सरकारले जेठ १९ बाट भारतसहित, चीन, कतार र टर्कीकालागि सर्तसहित संख्या तोकेर नियमित उडान खुला गरेको थियो ।

यो अनियमितता र मनपरीको नियन्त्रण गर्ने कसले ?

यो पनि पढ्नुहोस: ट्राभल, कर्मचारी मिलेर अन्तर्राष्ट्रिय उडानमा चार गुणा बढी शुल्क, मन्त्रालयमा यसरी जान्छ घुस


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope