२४ घण्टामा २४०१ कोरोना संक्रमित थपिए, , ३४ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा २४०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५(पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ । ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन् । यससंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ जना पुगेको छ । २४ घण्टामा ३४ जनाले ज्यान गुमाएको मन्त्रालयले पुष्टी गरेको छ । यससंगै कुल मृतककोसंख्या ८ हजार ६७५ पुगेको छ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope