सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित


जाजरकोट । मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो ।    

जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर टावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार सेवा अवरुद्ध भएको छ । जिल्लाको मछाइनास्थित रिपीटर टावर भएर नै जिल्लाको छ स्थानीय तह, रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको रातामाटा र डोल्पाको कालिकास्थित टावरहरुमा सञ्चार हुने गर्छ ।

तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि ती स्थानका सञ्चार अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपीन्द्र अधिकारीले बताउनुभयो । टावर भएको ठाउँमा घाम लागेमा मात्र टावर सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।    

 “मछाइनास्थित टावरमा यस क्षेत्रको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर विगत एक सातादेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्”, उहाँले भन्नुभयो । टावर सञ्चालनका लागि स्थलमार्गबाट जेनेरेटर लग्ने प्रयास गरेपनि भेरी नगरपालिकाको पाखेदहमा बाटो भत्किएका कारण समस्या भएको उहाँको भनाइ छ । भत्किएको सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यान नजाँदा जाजरकोटलगायत तीन जिल्ला सञ्चारविहीन भएको बताइएको छ ।    

घामको विकल्प केही नभएपछि सञ्चार सेवा अवरुद्ध रहेको छ । टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको बताइएको छ । इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ स्थानीय व्यवसायीको भनाइ छ ।    

सडक डिभिजन चौरजहारीको डोजरलाई सडक मर्मत गर्न आग्रह गरेपनि डिभिजन प्रमुख धु्रव झाले त्यहाँको बाटो मर्मत गर्ने काम आफ्नो नभएको बताउनुभयो । मछाइनास्थित टावरमा विद्युतीकरण नपुग्दा आकाशमा बादल देखिने वित्तिकै सञ्चार सेवामा समस्या हुँदै आएको छ ।    
कुशेका टावर सञ्चालनमा ढिलाइ    

कुशे गाउँपालिकामा निर्माण भएका टावरहरु सञ्चालनमा आउन नसक्दा त्यहाँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुँदै आएको छ । करिव ६ महिनादेखि यहाँका बासिन्दा फोन सेवाबाट वञ्चित रहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । टावर सञ्चालन नहुँदा यहाँका बासिन्दा अग्लो डाडामा गएर फोन सम्पर्क गर्न बाध्य भएका छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope