कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको शनिबार राति निधन भएको हो ।    

 कांगे्रस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।    

 विसं २०२० मा अछाममा जन्मनुभएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । आन्दोलनका क्रममा उहाँ पटक–पटक गिरफ्तारसमेत हुनुभएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पु¥याउँदै आउनुभएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति हुनुहुन्थ्यो ।    

 नेता विष्ट २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । उक्त कार्यकालमा उहाँले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गर्नुभएको थियो ।

सरल र मिलनसार स्वभावका स्व विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope