उत्तरी अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुख मारिए


अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तमा शनिबार राति भएको भिडन्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकूको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।    

तखार प्रान्तको नमक अब जिल्लाको ग्रामीण क्षेत्रमा तालिबान समूहका लडाकूहरुले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो ।    

प्रान्ती सरकारका प्रवक्ता हमिद मुबारेजले जिल्ला प्रहरी प्रमुख र तीन अरु प्रहरीले शहादत प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले अरु दुई जना प्रहरी र तीन जना लडाकू पनि घाइते भएको बताउनुभयो ।    

नमक अब जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएसँगै त्यहाँ रहेका सुरक्षाफौजका बाँकी सदस्यहरु नजिकको जिल्लामा गएको पनि प्रवक्ता मुबारेजले बताउनुभयो ।    

यसैबीच, कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा तालिबान समूहले प्रहार गरेको क्षेप्यास्त्र लागेर एक बच्चा सहित तीन जना सर्वसाधारणको ज्यान गएको छ । शनिबार राति सरकारी फौज र तालिबान समूहबीच शनिबार राति भिडन्त भएको थियो ।    

अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो फौज फिर्ता हुनेक्रम जारी रहेसँगै अफगानिस्तानका विभिन्न भागमा हिंसात्मक झडप तिब्र भइरहेका छन् । तालिबान समूहले पछिल्लो एक महिनाको अवधिमा ४० भन्दा बढी जिल्लाहरु आफूले कब्जामा लिएको दाबी गरेका छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope