सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन निर्देशन


काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारी डिजिटल डाटाको सुरक्षामा विशेष ध्यान दिन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित केन्द्रको कार्यालयको निरीक्षणका क्रममा मन्त्री थापाले सरकारी तथ्याङ्कको सुरक्षाको प्रश्न राष्ट्रियतासँग जोडिएकाले गोपनीयतामा कुनै सम्झौता गर्र्न नहुने बताउनुभयो  ।  

उहाँले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाइने बताउँदै प्रविधि केन्द्रलाई मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    
सो अवसरमा सञ्चार सचिव हरिप्रसाद बस्यालले प्रविधि केन्द्रलाई क्षमता विस्तारको योजना बनाउन निर्देशन दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले केन्द्रको कार्यक्रम र भावी योजनाबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।  

मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, हुलाक सेवा विभाग, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलगायत मन्त्रालयअन्तर्गतका निकायमा अनुगमन गरी निर्देशन दिनुभएको थियो । मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गर्नुभएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope