वर्षाले भत्कायो कारागार


मान्म । लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो ।    

कारागारको पर्खाल भत्ँिकदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिनुभयो । “कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ”, उहाँले भन्नुभयो, “पर्खाल भत्ँिकदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन् । कैदीबन्दी पनि जोखिममा परेका छन् ।”    

पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदीबन्दी रहेको छन् । २०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एकजना कैदी भागेका थिए ।    

कालीकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्ँिकदा १३७ जना विस्थापित भएका छन् ।    

जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताउनुभयो । उहाँले नरहरिनाथ–९ लालुको शीतलपानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope