एमालेबाट कर्णाली सरकारमा सहभागी मन्त्रीको तत्काल फिर्ता नहुने अडान

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरुले तत्काल फिर्ता नहुने अडान लिएका छन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुहरुले संसदीय दलले सरकारबाट फिर्ता हुन दिएको निर्देशन अवैधानिक भएको भन्दै केन्द्रको विवाद समाधान र सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म आफुहरु सरकारबाट फिर्ता नहुने प्रष्ट पारेका हुन् ।
एमाले संसदिय दलले तत्काल सरकारबाट फिर्ता भई प्रतिपक्षको भुमिकामा बस्न निर्देशन दिएको छ । उनिहरुले केन्द्रको विवाद मिलेर २०७५ जेठ २ गतेको कमिटी बनेमात्रे आफुहरु सरकारबात फिर्ता हुने बताएका छन् ।
प्रदेश कमिटीको बैठक नै नबसी, त्यसमा पनि गणपूरक संख्या नपुगेको संसदीय दलले सरकारको समर्थन फिर्ता लिन्छौ भन्न नमिल्ने उनिहरको दावी छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस