नपत्याउने खोलाले मनाङको सिंगो बस्ती नै बगायो


काठमाडौं । ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्।

सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन।

तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पु¥याएको छ। बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ। भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। बाढीको कहर अझै कम भइसकेको छैन।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन। तर नसोचेको अवस्था आयो। बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ।’ उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो। कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो। तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए।

‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने, ‘योपटक भने नपत्याएको खोलाले बगाएको छ। चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन्। खोला किनारका बस्तीबारे सोच्ने बेला भएको छ।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope