हाइड्रोपोनिक प्रविधिबाट तरकारी खेती र माछापालन


बागलुङ । तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत यो चक्र पूरा हुन्छ ।    

 बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहनुभएको छ । सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गर्नुभएको हो ।    

 उहाँका अनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ । बिरुवालाई चाहिने सूक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ । पोखरीको पानीलाई विद्यतुीय मोटरमार्फत तानेर बाली लगाइएको ठाउँमा पु¥याइन्छ । सापकोटाले चार मिटर लामो र साढे दुई मिटर चौडाइसहितको संरचनामा माछापालन र तरकारी खेती गरेको बताउनुभयो ।

“यो नमूना परीक्षण जस्तो पनि हो, सम्भवतः जिल्लामै यो प्रविधिबाट खेती गरिएको पहिलोपटक हुनुपर्छ”, उहाँले भन्नुभयो । पोखरीमा तीन सय माउर माछाका भुरा हुर्किरहेका छन् भने माथिपट्टि प्याज । ‘हाइड्रोपोनिक’ प्रविधिबाट सानो जरा हुने तरकारी बाली मात्र लगाउन सकिने उहाँको भनाइ छ ।    

 प्याज, लसुन, धनियाँ, साग जस्ता तरकारी खेती त्यसमा फस्टाउँछ । सापकोटाले तरकारीका बाली लगाउन बाँस, प्लाष्टिक बोतल र गिलास प्रयोग गर्नुभएको छ । “पोखरीको पानी मोटरले माथि तान्छ, त्यही पानी एकबाट अर्को हुँदै सबै बोतलमा पुग्छ र फेरि पोखरीमा खस्छ”, उहाँले भन्नुभयो ।    

 हरेक बोतलको बीचमा प्वाल पारेर त्यसमा प्लाष्टिकको गिलास राखी त्यसमै तरकारीको बिरुवा लगाउने गरिएको उहाँको भनाइ छ । बिरुवा लगाउँदा माटाको खाँचो पर्दैन । आफूलाई चाहिने खाद्यतत्व र पोषण बिरुवाले पानीबाटै लिन्छ । माछाको दिसाले गर्दा पोखरीको पानीमा सूक्ष्म खाद्यतत्व हुने सापकोटाले बताउनुभयो ।    

 माछापालन नगरी तरकारी मात्रै लगाउँदा भने पानीमा बिरुवालाई चाहिने खाद्यतत्व मिसाउनुपर्ने हुन्छ । उहाँले माछापालन पनि गरेको भएर दुई÷तीन हप्तामा पोखरीको पानी फेर्दै आउनुभएको छ । तरकारी मात्रै हुँदा त्यो झन्झट पनि हुँदैन ।    

 धेरै परिश्रम गर्न पनि नपर्ने र थोरै ठाउँ भए पनि हुने भएकाले पछिल्लो समय यस प्रविधिप्रति किसान आकर्षित हुन थालेका छन् । घरका छत र कौसीमा पनि यो खेती गर्न सकिन्छ । माटोमा भन्दा यस प्रविधिबाट गरिएको खेती छिटो र धेरै उब्जाउ हुने कृषि प्राविधिक बताउँछन् । ‘हाइड्रोपोनिक’ प्रविधि अपनाउँदा माटोजन्य रोगको पनि खतरा हुँदैन ।    

 विषादी र रसायनिक मल प्रयोग नभएका कारणले किसानले फलाउने तरकारी जैविक हुन्छ । उहाँ ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेतीको व्यावसायिक विस्तार गर्ने सोचमा हुनुहुन्छ । माछापालन र तरकारी खेती दुवै गर्न सकिने भएकाले यसप्रति अन्य किसान पनि आकर्षित हुने देखिन्छ ।    

 व्यवसायी सापकोटाले माछापालनका लागि नगरपालिकाबाट रु आठ हजार अनुदानसमेत पाएको बताउनुभयो । उहाँ विगत केही वर्षदेखि ‘सापकोटा कृषि फार्म’मार्फत व्यावसायिक पन्छीपालन र तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । फार्ममा आठ कुखुरा र दुई चरा प्रजातिका गरी दश थरी पन्छी छन् । दुईवटा ‘टनेल’मा तरकारी छ । कृषिमा श्रम–पसिना बगाउन नहिच्किचाउने उहाँ घरमै बसीबसी मनग्य कमाइ गर्नुहुन्छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope