अफगानी सेनाद्वारा तखार प्रान्तका दुई जिल्ला पुनः नियन्त्रण


काबुल । अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ । उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गएराति सेनाले कारबाही गरी दुई जिल्लालाई पुनः सरकारी सेनाको नियन्त्रणमा ल्याएको जानकारी दिनुभयो ।    

सेनाले नियन्त्रण कायम गरेका जिल्लाहरुमा घार र बांगी रहेका छन् । यी दुई जिल्लालाई केही दिनअघि तालिबानी विद्रोही समूहले आफ्नो नियन्त्रणमा ल्याएका थिए ।    

सैनिक प्रवक्ता नजारीले सेनाको कारबाहीका बारेमा विस्तृत विवरण भने दिनु भएको छैन, तर उहाँले दुबै जिल्लामा सेनाको नियन्त्रण कायम भएको बताउनुभयो ।    

अफगानिस्तानका विद्रोही तालिबान लडाकू समूहले उत्तरी तालुकान प्रान्तका केही जिल्लालाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले तखार प्रान्तको राजधानी तालुकानमाथि पनि दबाब सिर्जना गरिरहेका छन् ।    

सेनाले गरेको पछिल्लो कारबाहीका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।    

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्रै अमेरिकी र नेटो आबद्ध सैनिकहरु फिर्ता हुन लागेसँगै अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानले देशभर थप हिंसात्मक कारबाही थालेको छ । पछिल्लो एक महिनाभित्रै तालिबानले देशका ५० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope