जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ


भादगाउँ । पन्द्रह वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाई रहेको प्रहरीले जनाएको छ ।

धुलिखेल नगरपालिका-८ की १५ वर्षीया बालिकालाई भक्तपुर नगरपालिका-४ स्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।    

 परिसरका अनुसार चौलागाईंले पीडित बालिकालाई धुलिखेलबाट घुम्न जाउँ भनी ललाइफकाई गत असार ५ गते भक्तपुरको गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको पीडित बालिकाको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो ।   

गत असार ५ गते बिहान १० बजे बालिकाकी आमाले बालिका हराएको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंको प्रहरी टोलीले आइतबार बालिकालाई सुन्धारामा फेला पारेको थियो ।

बालिकासँग आवश्यक सोधपुछ गर्नेक्रममा चौलागाईले ललाई फकाई घुम्न जाउ भनी सँगै लिएर आएको र भक्तपुरमा पुगेपछि खाजा नास्ता खाउँ भनी गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती करणी गरेको बयान दिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope