सरकारी,सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाह दिन अनुरोध


ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँका सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सहायक प्रजिअ ललितकुमार बस्नेतले आज विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराउनुभएको छ ।

यहाँका तीन गाउँपालिकावासीले बुधबार तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार सेवा लिन पाउने पत्रमा उल्लेख छ ।    
यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ ।    

त्यसैगरी शान्त्ति सुरक्षाको निवेदन र कानूनबमोजिम हुने मुद्दा तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य भने कार्यालय खोलिएका हरेक दिन गरिने जानकारी गराइएको छ । सेवाग्राही यदि कसैलाई रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएमा कार्यालय प्रवेशमा रोक गरिने बस्नेतद्घारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope