यादव पक्षले निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली भएको दाबी गर्दे ठाकुरविरु


काठमाडौं । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दै उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवसायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्।

जसपा निकट कानुन व्यवसायीहरूको संगठन संघीय कानुन व्यवसायी संघका अध्यक्ष दीपक राईले ठाकुर विरुद्ध आफूहरूले जिल्ला अदालत ललितपुरमा लिखतसम्बन्धी कसुरको अभियोग लगाई मुद्दा दर्ता गर्ने बताए। आयोगमा पठाइएको कागजात किर्ते देखिएको हुँदा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको उनको भनाइ छ।

अर्को प्रयोजनको लागि गरिएको हस्ताक्षरलाई ठाकुरले दुरूपयोग यादव पक्षको भनाइ छ। कार्यकारिणी समितिको फेरबदल र पुनर्गठन गर्ने अधिकार अर्का अध्यक्ष उपेन्द्र यादवले आफूलाई सुम्पिएको भन्दै ठाकुरले गत असार १ गते यस सम्बन्धमा कार्यकारिणी समितिको बैठकको माइन्युटिङको प्रतिलिपी आयोगमा पेश गरेका थिए। उक्त माइन्युटिङ किर्ते भएको यादव पक्षको भनाइ छ। जसपाको आधिकारिकताको मुद्दा अहिले निर्वाचन आयोगमा पुगेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope