नेपाल प्रहरीका १५ एसएसपीको सरुवा


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका उहाँहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।    

प्राप्त विवरणानुसार प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा पठाइएको छ । त्यहाँका एसएसपी टेकबहादुर तामाङलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा ल्याइएको छ ।    

यस्तै प्रदेश नं २ प्रहरी कार्यालय धनुषाका एसएसपी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक, प्रहरी प्रधान कार्यालयका उमाशङ्कर पञ्जियारलाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर पठाइएको छ ।    

यस्तै एसएसपी गोविन्दकुमार शाहलाई प्रहरी प्रदेश कार्यालय सुनसरी, कृष्णहरि शर्मालाई प्रहरी प्रदेश कार्यालय कास्की, हृदय थापा, उमेशराज जोशी र नलप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तथा राजेन्द्रप्रसाद चौधरीलाई प्रदेश नं १ प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।    

एसएसपी दीपक थापालाई प्रदेश नं २ प्रहरी कार्यालय जनकपुर, चक्रकुबेर खापुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, विक्रमबहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको जनाइएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope