१६ डिआइजीको सरुवा


काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।    
    
प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रञ्जितकार, वाग्मती प्रदेशमा प्रकाशजङ कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा कुमुन्दराज आचार्य, कणाली प्रदेशमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ ।    
    
कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशका घनश्याम अर्याललाई प्रहरी प्रधान कार्यालय विशेष व्यूरो, सुदुरपश्चिम प्रदेशका उत्तमराज सुवेदीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, लुीम्बनी प्रदेशका रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय कार्य एबं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय, वाग्मती प्रदेशका वसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।    
    
यस्तै २ नं प्रदेश प्रहरी कार्यालयबाट डिआइजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान व्यूरो, १ नं प्रहरी प्रदेश कार्यालयका ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, केन्द्रिय अनुसन्धान व्यूरोका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय काठमाडौँमा तथा प्रहरी महानिरीक्षकको सचिवालयका प्रकाश अधिकारीलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope