अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु


काबुल  ।  अफगान वायुसेनाको कारबाहीमा चौध जना तालिबानी लडाकूको मृत्यु भएको छ ।  रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको पुष्टि गरेको छ ।

तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले आक्रामक कारबाही गरेको बताएको छ । मन्त्रालयले तालिबान समूहको आश्रय स्थल, पाँच वटा क्षेप्यास्त्र, दुई वटा भारी बन्दुक तथा सात वटा राइफल पनि ध्वस्त बनाइएको जनाएको छ ।  

तालिबान समूहले पछिल्ला केही समयदेखि सरकारी सुरक्षा फौजलाई लक्षित गरी देशैभर हिंसात्मक घटनाहरु बढाएका छन् । खासगरी अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिकहरु आगामी सेप्टेम्बर ११ अगाबै स्वदेश फर्कन लागेसँगै तालिबानले देशव्यापी हिंसा मच्चाएको मानव अधिकारवादी समूहहरुले बताएका छन् ।    

गत महिना मात्र तालिबानले देशका ४० भन्दा बढी जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन् । पछिल्लो घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope