कोरोनाबाट थप एकको मृत्यु


बैतडी । बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो ।

दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख वशन्तराज जोशीले जानकारी दिनुभयो ।
गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यसैबीच अहिले जिल्लामा दैनिक सङ्क्रमणदर घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ ।

जिल्लामा ६८ जना मात्रै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताउनुभयो । सक्रिय सङ्क्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११, र मेलौली नगरपालिकामा छ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा चार, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope