२४ घण्टामा ४५२२ जना कोरोना संक्रमित थपिए, ४१ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ४५२२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १६ हजार ९ सय १३ जनाको नमुना परीक्षण गर्दा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार २ सय ४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोही अवधीमा देशभर ४१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो संगै कूल मृतकको संख्या ८ हजार ८ सय १३ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ९० दशमलब २ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो केही दिनको तुलनमा आज संक्रमितको संख्या बढेको देखिएको छ । तर देशभर परीक्षण दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको देखिएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope