कलाकारलाई सम्मान

धनुषा । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मिथिला चित्र कलाक्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ वरिष्ठ कलाकारहरुलाई सम्मान गर्नुभएको छ ।
प्रमुख झाले नारी विकास केन्द्रको स्थापना काल देखिनै संलग्न रहनु भएका वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शनलाल कर्ण सहितका पाँच जना कलाकारलाई सम्मान गर्नुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख डा. अहिराजले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।
प्रदेश प्रमुख झाले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिनु भएका उहाँहरुसँग भेटघाट गरेर उहाँहरूको समस्या तथा संघर्षका बारेमा जानकारी लिनुभयो । प्रदेश प्रमुख डा. झाले राज्यबाट थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।
झाले भेट्नु भएका कलाकारहरुले २०४५ सालमा जापानमा पुगेर एकल मिथिला कलाको प्रदर्शन गर्नुभएको थियो । अहिले पनि पाँचैजना कलाकार मिथिला कलाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस