खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने


सियोल  । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ ।    

खोपहरूको बढ्दो मागलाई ध्यानमा राख्दै खोपहरूको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाहरूका लागि थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा लगभग एक खर्ब ५० करोड वन लगानी गर्नेछ साथै एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ ।    

एल हाउसले कोषीका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधाहरू र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरहरूका लागि नयाँ सुविधाहरू स्थापना गर्नेछ ।    

यसबाहेक, यसले ग्योङबुक बायोको दोस्रो औद्योगिक क्षेत्रमा थप ९९,१३० वर्ग मिटर जमिन खरिद गरि कारखाना स्थललाई १६१,००० वर्ग मिटरमा विस्तार गर्नेछ । एसके बायोसाइन्सले बढ्दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको हो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope