फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी


भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो ।    

गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौँ । अहिले गाउँपालिकाले किरा मार्नका लागि निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।”    

गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्याङ्ग्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ । गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भन्नुभयो, “सयौँ रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ, नियन्त्रणका लागि हामीले आवश्यक पहल थालेका छौँ । पछिल्लो समयमा धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।”    

गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने गाउँपालिका केन्द्रबाट पनि विषादी वितरण हुँदै आएको छ । गाउँपालिकाले प्रकोपको बेलामा निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुशी भएका छन् । स्थानीय कृषक बलबहादुर तामाङले भन्नुभयो, “गाउँभरि नै किराको प्रकोप छ । चार सयभन्दा बढी कृषकको मुख्यबाली मकैमा किराले क्षति पु¥याएको छ । मकैको गुबो सबै सखाप बनाएको छ । हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले विषादी दिएकोप्रति हामी खुशी छौँ ।”    

किसानका लागि आवश्यक पर्ने मलसमेत यस वर्ष समयमा नै वितरण भएको गाउँपालिकाको भनाइ छ । जिल्लाको बेँसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope