राष्ट्रिय कविता महोत्सव शुरु


काठमाडौँ । नेपाल प्रतिष्ठानले ६४ औँ स्थापना दिवसका अवसरमा आज प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मालगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको जन्म भएको स्मरण गर्नुभयो ।

उहाँले महोत्सवबाट काव्य प्रतिभाको विकास हुँदै आएको जनाउँदै पुरस्कृत कवितालाई प्रकाशन गर्दै जाने बताउनुभयो ।    
प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले एक महिना अगडिको पूर्व सूचनानुसार प्रतियोगिताका लागि देशविदेशबाट ७६४ कविता प्राप्त भएकामा मूल्याङ्कन समितिले वाचनका लागि ४१ कविका कविता छनोट गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वाचनका लागि १० प्राप्ताङ्क निर्धारण गरिएको छ । मूल्याङ्कनका लागि डा पौडेलको संयोजकत्मा प्राज्ञसभा सदस्य धु्रव मधिकर्मी र उपप्राध्याक डा विन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको छ । पुरस्कृत कविताको नतिजा आजै साँझ सार्वजनिक हुनेछ ।

आरम्भमा अतिथि कवि डा बेन्जु शर्मा, आरडी प्रभाष चटौत र बुँद रानाबाट कविता वाचन गरिएको प्रतियोगितामा नेपाल बाहिरबाट आठ नेपाली कविले सहभागिता जनाएका छन् ।    

कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष सेवा गर्ने १५ कर्मचारीलाई जनही रु ३० हजारसहित पुरस्कार प्रदान गरियो । प्रतिष्ठानले विसं २०२२ देखि विशेष अवस्थामा बाहेक हरेक वर्ष स्थापना दिवस आजकै दिन कविता महोत्सव आयोजना गर्दै आएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope