‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक


काठमाडौँ । खेम्स क्लिनिङका खेम शर्माले लेख्नुभएको पुस्तक ‘स्वर्णिम रहस्य’ सार्वजनिक भएको छ ।  अष्ट्रेलियाले आज आयोजना गरेको कार्यक्रममा पूर्व राजदूत महेश दाहालले पुस्तक विमोचन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रतिभाशाली शर्माले जीवनमा भोगेका कुरा आम मानिसका लागि प्रेरणाका रुपमा पुस्तकमा प्रस्तुत गर्नुभएको सुनाउनुभयो ।    

न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपक खड्का, अष्टेलियामा रहनुभएका नेपाली समाजसेवीहरु डा नारायण प्रधान, इन्द्रा वन,अध्यात्म उत्प्रेरक योग गुरु आचार्य राजन शर्मा, पत्रकारत्रय हेमन्त काफ्ले, मनऋषि धिताल, ऋषि आचार्य, गैर अवासीय नेपाली सङ्घका प्रतिनिधिलगायतले जीवन भोगाइलाई समेटेर लेखिएको पुस्तक नेपाली समुदायका लागि पठनीय रहेको बताउनुभयो ।    

शर्माले दिनचर्या, मानिसले आफूलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा केन्द्रित भएर पुस्तक लेख्नुभएको हो । पाँच वर्षअघि उहाँले पशुपतिनाथ मूल मन्दिर क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नमूनाका रुपमा सफाइ गरी नेपालीको ध्यानाकर्षण गराउनुभएको थियो । पुस्तकको मूल्य २० डलर राखिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope