आठबीसका ३७ घरपरिवार आफन्तका शरणमा


दैलेख । आठवीस नगरपालिकाको वडा नं ९ का ३७ घर परिवार चार दिनदेखि आफन्तका घरमा र खुल्ला स्थानमा बस्न बाध्य छन् । वडाका ५० घरमध्ये ३७ घरपरिवारका २५० बढी मानिस पहिरोको जोखिममा परेपछि आफन्तको शरणमा बस्न बाध्य भएका हुन् ।    

भिरालो जमीनको तल पट्टी बस्ती भएको र घरमाथिको पहाडको केही भागमा पहिरो खस्न थालेपछि बस्ती सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो । बस्तीका २५० भन्दा बढी नागरिकलाई कसैलाई आफन्तकोमा राखिएको छ भने कसैलाई अन्य विभिन्न खुल्ला स्थानमा राखिएको श्रेष्ठ बताउनुभयो ।    

दैलेखमा दुई दिनदेखि वर्षा कम भएको छ । स्थानीय सरकार, जिल्ला प्रहरी र अन्य निकायबाट पुनः बस्तीको अनुगमन गरेर जोखिम कम भएपछि मात्र पुनः आफ्नो घरमा फर्काउने तयारी गरिएको आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिनुभयो ।

पहिरोको जोखिमसँगै आफन्तकोमा बसेका समुदायलाई राहत तथा उद्धारका काम पालिकाबाट भइरहेको र वडा अध्यक्षलाई जनताका समस्या समाधानका लागि नगरपालिकाले गर्नुपर्ने कर्तव्यबारे विवरण माग गरिएको उपाध्यायले बताउनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope