चन्द्रागिरिको बजेट दुई अर्ब ४४ करोड


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले रु दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ बराबरको बजेट प्रस्तुत गरेको छ । चन्द्रागिरि नगरपालिकाको आज सम्पन्न सातौँ नगरसभामा नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७८÷०७९ का लागि उक्त नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गर्नुभयो ।    

चन्द्रागिरीले आव २०७८÷०७९ मा अनुमानित बैँक मौज्दात र नगरपालिकाको राजश्वबाट रु एक अर्ब ४८ करोड ८५ लाख र सङ्घीय सरकार वित्तिय हस्तान्तरणबाट रु ६८ करोड ३१ लाख २६ हजार, प्रदेश सरकारबाट रु नौ करोड सात लाख आठ हजार र सामाजिक सुरक्षा भत्तावापत रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ आय हुने जनाएको छ ।    

यस्तै, व्ययको चालूतर्फ रु ६५ करोड ६० लाख ७१ हजार, पुँजीगततर्फ रु एक अर्व १८ करोड ८५ लाख ७० हजार, नेपाल सरकारको तर्फबाट शशर्त अनुदान रु ३४ करोड ७९ लाख, प्रदेश सरकारको शशर्त अनुदान रु ६ करोड ९८ लाख २३ हजार र सामाजिक सुरक्षातर्फ रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ खर्च हुने जनाएको छ ।    

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि चन्द्रागिरिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट प्रस्तुत गरेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी आवको बजेटले कोरोनाको सम्भावित नयाँ भेरियन्ट, खोप र अस्पतालमा अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकता दिने बताउनुभयो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरिले ‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’को नारालाई पूरा गर्नका लागि आफूहरूले आगामी आवमा नीति, कार्यक्रम र वजेटलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।    

स्वास्थ्यबाहेक बजेटमा शिक्षा र नगरपालिकाभित्र हुने सम्भावित विपद्का घटनालाई प्राथमिकतामा राखेर बजेट सिलिङ निर्माण गरिने नगरप्रमुख गिरिको भनाइ छ । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope