थप दुई हजार ४७४ मा कोभिड पुष्टि


काठमाडौँ । नेपालमा थप दुई हजार ४७४ मा कोभिड–१९ मा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार २३५ जनाको पिसिआर तथा चार हजार ९९७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ५७७ र ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।     

पछिल्लो २४ घण्टामा देशभर २४ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५१८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा सङ्क्रमितको निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope