‘मेकइन नेपाल स्वदेशी’ अभियान मिलेर कार्यान्वयन गरिँदै


काठमाडौं ।  नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेकइन नेपाल स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसङ्घबीच समझदारी भएको छ । परिसङ्घले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पप्रवद्र्धन गर्ने लक्ष्यका साथ अगाडि बढाएको सो अभियानमा सरकारले समेत सहयोग गर्ने भएको छ ।    

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

“अब सरकार र परिसङ्घ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले नीतिगत र प्रक्रियागत रूपमा सरलीकरण गरिरहेको छ, लगानीको वतावरण पनि तयार भइरहेको छ ।

अब उपलब्धि हासिल हुने गरी निजी क्षेत्रले काम गर्नुपर्छ ।” कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोले अभियानको महत्व र त्यसले पार्ने प्रभावका बारेमा जानकारी दिँदै सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope