नेपालगञ्जको बजेट रु डेढ अर्बः चक्रपथ निर्माणलाई प्राथमिकता


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।   

उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ । नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले सम्पूर्ण वडा कार्यालयको भवन र वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माण पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको जनाउनुभयो ।  

उक्त नीति तथा कार्यक्रममा नगरमा कालोपत्रे सडक र नाला निर्माणलाई निरन्तरता दिइएको छ । यसैगरी नेपालगञ्ज सुर्खेतरोडको दायँबायाँ नाला नभएका स्थानमा व्यवस्थित पक्की नाला बनाउन आवश्यक पहल गरिने डा राणाले बताउनुभयो ।    

यसैबीच बाँकेको डुडुवा गाउँपालिकामा आव २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको आज बसेको नवौँ गाउँसभाले दुई विधेयक, ७० बुंदे नीति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजार को बजेट सार्वजनिक गरेको हो ।    

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड– १९ लाई समेत लक्ष्य गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत्, वन तथा वातावरण, विकासनिर्माणलगायत ३६ बँुंदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope