थप २,४७६ जनामा कोरोना पुष्टि


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।    

मन्त्रालयका अनुसार नौ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ७२१ र चार हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म आठ हजार ९४५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।    

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । नेपालमा हालसम्म पाँच लाख ७६ हजार ४१३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope