विशेषज्ञ सेवाका लागि ‘मोबाइल शिविर’ सञ्चालन गरिने


कर्णाली । कर्णाली सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत मोवाइल शिविर सञ्चालन गर्ने भएको छ । प्रदेश राजधानी सुर्खेत भए पनि स्वास्थ्य, शिक्षाका दृष्टिले पश्चिम सुर्खेत निकै पछाडि छ ।

सो क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले यही असार १५ गतेदेखि विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिने प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

सालकोट स्वास्थ्यचौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र भएको जनाउँदै उहाँले भदौदेखि भने साप्ताहिकरुपमा सेवा शुरु गरिने जनाउनुभयो । सालकोटमा विशेषज्ञ सेवा हुँदा अछाम र कैलालीका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने बताइएको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डा जीतेन्द्र यादवले सामान्य शल्यक्रिया हुन नसक्दा गरीब जनता सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने समस्या भएको बताउनुभयो ।

पन्ध्र शय्याको अस्पतालका रुपमा स्तरवृद्धि भए पनि जनशक्ति र स्वास्थ्य उपकरण अभावले आवश्यक सेवा दिन नसकिएको उहाँको भनाइ थियो । प्रमुख यादवका अनुसार शव परीक्षणका लागि अहिले पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope