सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव पारित


रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । नवौँ गाउँसभामा सिस्नेलाई नगरपालिका बनाउन पेश गरिएको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतले पारित भएको हो ।    

नगरपालिका बनाउनको लागि आवश्यक मापदण्ड सबै पूरा भएकाले सो प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट पारित भएको उक्त प्रस्ताव अब प्रदेश हुँदै सङ्घ सरकारमा जाने छ ।

सिस्ने गाउँपालिकामा अहिले आठ वडा रहेका छन् । अब दुई वटा वडालाई टुक्र्याएर १० वडासहितको सिस्ने नगरपालिका प्रदेशमा प्रस्ताव गरिने भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।    

सिस्ने १ नम्बर वडालाई टुक्र्याएर १ र २ नम्बर वडा बनाइने छ भने २ नम्बर वडालाई टुक्र्याएर ३ र ४ नम्बर वडा बनाइने प्रस्ताव गरिएको छ । त्यस्तै ५, ६, ७ र ८ नम्बर वडालाई भने अहिलेकै अवस्थामा यथावत राखिने गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । वडा टुक्र्याउने प्रस्ताव गर्नुभन्दा अगाडिका ३ र ४ नम्बर वडालाई भने क्रमशः ९ र १० नम्बर वडा बनाउने प्रस्ताव गरिएको छ ।    

जनसङ्ख्याको आधारमा हेर्दा सानो तर भौगोलिक हिसाबले ठूलो यस गाउँपालिकाका वडालाई यहाँका नागरिकको सहजताकै लागि वडा टुक्र्याउने र नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, गाउँसभाबाट सिस्नेको आर्थिक विधेयक, सौजन्य आधारभूत विद्यालय र जनज्योति महिला समूहबीच जग्गा सट्टापट्टा सम्बन्धको निर्णय र कर्मचारी समायोजन सम्बन्धमा बनेको ऐन २०७८ पनि सर्वसम्मतले पारित भएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope