राष्ट्रगानका गायकमध्येका थापाको कोरोनाबाट मृत्यु

झापा । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उहाँको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । उहाँका पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँका दुई छोरी र एक छोरा अमेरिकामा हुनुहुन्छ ।
छोरीहरु बिहीबार काठमाडौँ आइपुग्नुभएको र छोरा शनिबार आइपुग्ने उहाँका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताउनुभयो । विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस