‘इमानको धरहरा’ सार्वजनिक


मध्यपुरथिमि । साहित्यकार डा राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘इमानको धरहरा’ शुक्रबार सार्वजनिक भएको छ । (जूम) मार्फत् आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा देवी नेपालले सो कृतिको विमोचन गर्नुभएको हो ।

कवि डा कोजूले आफ्नो ४३ औँ जन्मदिनको अवसरमा सो कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । उहाँले मुलुकको वर्तमान राजनीतिक अवस्था र नेताहरुको क्रियाकलाप वारे कविता सङ्ग्रहमा व्यङ्ग्य गर्नुभएको छ ।    

सो अवसरमा प्राज्ञ नेपालले कविता सङ्ग्रहमा मुलुकमा देखिएको राजनीतिक अस्तव्यस्ताका बारेमा उत्कृष्ट व्यङ्ग्य भएको बताउनुभयो । सवै नीतिको मूल नीति राजनीति भएको र राजनीति ठिक नभएसम्म सवै क्षेत्र अस्तव्यस्त हुने अवस्थाको चर्चा कविता सङ्ग्रहमा गरिएको उहाँले बताउनुभयो ।    

कवि पद्म दाहालले शब्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल र त्यसका नेताप्रति कविता सङ्ग्रहमा व्यङ्ग्य रहेको उल्लेख गर्नुभयो । कविताका भाषा सम्पादक हरिप्रसाद ढकालले यो सङ्ग्रह भाषागत रुपमा मात्रै नभई विषयगत रुपमा पनि उत्कृष्ट रहेको जानकारी दिनुभयो । पूर्व प्रशासक डा इन्दुल केसीले इमानको खडेरी परेको बेला प्रकाशित कविता सङ्ग्रह उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।    

कृतिको समीक्षा गर्दै मेरिट कोजूलले कविताले राजनीतिक विषयवस्तुलाई समेटिएको बताउनुभयो । कविता सरल, सरस खालका रहेकाले जोकोहीले सजिलै पढ्न र बुझ्न सकिने उहाँको टिप्पणी थियो । इमानको धरहरामा ६० वटा कविता सङ्ग्रहित छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope