बंगलादेश, वैशाख १२ र लिबरेसन वार (नियात्रा)

राजधानी बसेर नेपालकै संसद् भवन नघुमेका हामी चकित थियौं । संसद् भवनको आउट लुकले नै लोभ्यायो हामीलाई । लुइस खानको त्यो डिजाइन तारिफयोग्य थियो ।


तेस्रो दिनको तेस्रो गन्तव्य थियो, सभरस्थित स्वतन्त्रता स्तम्भ । ढाकाको मुख्य सहर छोडेर बाहिरिएका थियौं हामी । बंगलादेशको लोभलाग्दो संसद् भवन घुमेपछि मध्याह्न १२ बजे ३५ किलोमिटर उत्तर–पश्चिममा पर्ने स्तम्भका लागि अघि बढ्दै थियौं ।

संसद्बाट निस्केपछि अलिपर पुग्दा ठूलो नदी देखियो । बुढी गंगा रहेछ । नदी तरेपछि बाटो साँघुरिँदै थियो । नेपालको सन्दर्भ जोड्ने हो भने सबैभन्दा फराकिलो बाटो तीनकुने–सूर्यविनायकको छ लेनको बाटो सुरु हुँदै थियो । ढाकाको सामान्य त्यो बाटोको बीचको आइल्याण्ड नेपालको भन्दा हरियाली र सुन्दर । नदीमा दर्जनौं पानीजहाज र डुंगाहरू देखिए तर पानी सुकेको अवस्था थियो सायद । नदी पुग्ने बेलाको चोक आसपास (सडकको दायाँबायाँ) ठुल्ठुला ट्रकहरूको साम्राज्य । लाग्थ्यो, हाम्रै मनोहरा र जडिबुटी चोकको आसपास पुगेका थियौं ।

नदीले मुख्य सहर र अन्य ठाउँ जानेलाई छुट्याएको रहेछ । सहरभित्र कहीँकतै धुलोको महसुस गर्नु परेको थिएन, नदी तरेपछि धुलो र हिलो दुवै भेट्यौं । सडक र दायाबाया खाल्डाखुल्डी पनि । जेठको मौसम भएर सायद, गाउँको वातावरण भएर सायद हरियालीले छपक्कै छोपेको थियो, जो कसैको मन हर्ने गरी । काठमाडौंबाट भक्तपुरतिर जाँदा जगाती आसपासमा देखिने इट्टाभट्टाहरू र हरियालीझैं लाग्थ्यो नदीबाट अघि बढेपछि । त्यहाँ पनि इट्टाभट्टाहरूको संख्या दर्जनौं भेटिए । खेतीयोग्य जमिनभन्दा सिमसार क्षेत्र बढी देखिए ।

बाटोमा पुराना दुई तले बस सार्वजनिक यातायातमा प्रयोग भएका भेटिए, बिआरटिसी (बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसन) । सरकारले होइन, सरकारी ती बस व्यक्तिले लिजमा लिएर चलाउँदारहेछन् । कार मूलसडक छोडेर बाया मोडियो र रोकियो । हामी सामान्य गाउँले चोकमा थियौं । एसीबाट घाममा । एकैछिनमा पसिनाले खलखली बनाइहाल्ने । यसै पनि गर्मी ठाउँ ढाका । चोकमा ठुल्ठुला लोभलाग्दा केरा । असी टाकामा एक दर्जन । केरापछि नयाँ फल चाख्यौं । मैले एक दसकदेखि पत्रकारितामा ‘नोइज पोल्लुसन’ मा उदाहरण दिने पाल्म नामक फल रहेछ त्यो । ‘आई स अ पाल्म ट्री’ भनेर उदाहरण दिन्थें तर फल चाखे पनि पाल्मको रुख देख्न भने पाइनँ । दुईवटा खाएँ दुवै फरक स्वादका, एउटा गिलो अर्को कडा ।

हामी बिहानै देखिको भ्रमणले खानाबाट वञ्चित भएर भोक र थकानले अस्तव्यस्त भइसकेका थियौं तर निरुको निकटता प्रदर्शन त्यो यथार्थबाट टाढा थियो । अन्त्यमा हामी यसरी विदा भयौं जसरी माइती उनले छोरी विदाइ गरिरहेकी छन् ।

सडक दायाँबायाँ विभिन्न कलकारखानाहरू देखिए । त्यो बाटो हिँड्दा लाग्यो मानौं हामी इटहरीबाट दुहबीहुँदै बिराटनगरतर्फ जाँदैछौं । मुख्य सहरबाहिर अपार्टमेन्ट बनाउने चलन प्रायः देशमा छ । हामीले अपार्टमेन्टका विविधता त्यहाँ पनि पायौं । जहाँ पुग्दा मलाई भारतको नयाँदिल्लीबाट त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल र सोबाट पनि बाहिर गइरहेको आभास भएथ्यो । आइल्याण्ड भएको दुवैतर्फ दुई–दुई ल्याण्डको त्यो सडक प्रयोगकर्ता नेपालको राजधानीबासी भन्दा कम थिएनन्, बीच–बीचबाटै बाटो काट्न । सडक दायाँबायाँ पार्किङ गर्ने शैली पनि नेपालबाटै सिकेजस्तो । करिब डेढ घन्टाको यात्रापछि स्मारक पुग्यौं । पुग्नुअघिको सभर कन्टिनेन्ट क्षेत्र पुग्दा लाग्यो, म नेपालको भक्तपुरमा रहेको सल्लाघारी (दूधपाटी पुग्ने) मा छु ।

‘मेमोरी अफ लिबरेसन वारको प्रतिक हो यो स्वतन्त्रता स्तम्भ’, भित्र पस्नासाथ टोलीलाई नेतृत्व गर्दै ढाका पु¥याउने नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले भन्नुभयो, ‘सन् १९७२ डिसेम्बरमा राष्ट्रपिता बंगबन्धु शेख मुजिवर रहमानद्धारा शिलान्यास गरिएको र जुलाईबाट निर्माण सुरु भई जुन १९८८ मा सम्पन्न भएको यो राष्ट्रिय धरोहर जसलाई राष्ट्रिय सहिद स्मारक भनिँदोरहेछ ।’

आँखाले भ्याउञ्जेलको खुला क्षेत्र । हरियाली मानौं हाम्रो मन हर्दै थियो । पर सामुन्ने देखिने स्मारक अर्थात् स्तम्भको चुच्चोले मानौं आकाश छेड्दै थियो । सयौं एकड क्षेत्रफलको हरियालीको बीचमा रहेको स्तम्भ ठूलो मन्दिरको सुनको गजुरझैं थियो । बंगलादेश नेपाल मैत्री समाजको निमन्त्रणमा नेपाल स्रष्टा समाजका स्रष्टाहरू जीवनाथ पोखरेल, प्राध्यापक डा. गोविन्द मानसिंह कार्की, मणिराज सिंह, शशि थापा पण्डित, मनोज ढुंगाना र म पहिलोपटक ढाकाको यात्रामा थियौं । यसअघिको संसद् भवन होस् वा सहिद मिनार अनि ढाकाका हरियाली र गगनचुम्बी भवनले भरिएका चोकहरू, उसैगरी छरप्रष्ट भयौं स्तम्भ क्षेत्रमा पनि फोटोमा कैद हुन ।

मोनुमेन्ट (स्तम्भ) कम्प्लेक्स ३४ हेक्टर क्षेत्रफलमा फैलिएको रहेछ । जसलाई १० हेक्टर क्षेत्रफलको हरियालीले घेरेको थियो । मोनुमेन्टको डिजाइन आर्किटेक्चर सेइद माइनुल हसनले सात भिन्न त्रिकोणात्मक खम्बा रहने गरी बनाएका थिए । परबाट हेर्दा एउटै चुच्चो स्तम्भ लागे पनि कंक्रिटबाट बनाइएका सातवटा ती टावर केही हातको दुरीमा छन् । र ती सबैको आकार र उचाई फरक फरक छन् । बंगलादेशको स्वतन्त्रताका लागि सहिद हुने सातजनाको सम्झनामा बनाइएको उक्त राष्ट्रिय सहिद स्तम्भमा सातमध्ये अग्लो खम्बाको उचाई एक सय ५० फिट छ । सरकारको सार्वजनिक निर्माण विभागले सन् १९७२ देखि १९८२ सम्ममा तीन चरण गरी निर्माण गरेको थियो ।

चौथो र अन्तिम गन्तव्य थियो, बंगलादेश नेशनल म्यूजियम । हतारमा भ्रमणको पूर्ण स्वाद चाख्न पाइन्नँ । आयोजकको पनि आफ्नै सीमा हुन्छन् । बंगलादेश–नेपाल मैत्री समाजको निमन्त्रणामा पुगेका हामी अघिल्लो दिन दुई देशबीचको साहित्यिक एवं सांस्कृतिक सन्दर्भहरूलाई साटासाट गरेका थियौं । शिल्पकला एकेडेमीमा जेठ १८ गतेको कार्यक्रममा प्रमुख अतिथि बंगलादेशका उपसभामुख फजल रब्बी मिया र बंगलादेशका लागि नेपाली कार्यवाहक राजदूत सुशिलकुमार लम्सालले दुई देशको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका थिए भने हाम्रो टोलीको तर्फबाट समाजका अध्यक्ष आलोक र डा. गोविन्दमानसिंह कार्की, मैत्री समाजका अध्यक्ष एम्दादुल हक, महासचिव शेली सेनगुप्ता, सचिव सलाउद्दिन कुटु लगायतले दुई देशबीचको साहित्यलाई अनुवादमार्फत आदान–प्रदान गर्नुपर्नेमा जोड दिए ।

‘बंगलादेश–नेपाल साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान कार्यक्रम’ मा मलाई ठुलो संयोग मिलेको थियो, नेपालमा २०७२ वैशाख १२ गते गएको भूकम्प सम्बन्धीका बालकथाहरूको संग्रह ‘वैशाख १२’ को अंग्रेजी अनुवाद कृति ‘१२ वैशाख’ विमोचन गर्ने । पर्सी बिहानै हजरत साहजलाल अन्तर्राष्ट्रिय एयरपोर्ट पुग्नु थियो, नेपाल फर्कन । भोलि ढाका बजार घुम्दै किनमेल गर्ने र नेपाली राजदूताबासले हामीलाई गर्ने स्वागत सहितको डिनर पार्टीमा सहभागी हुनु थियो ।

संग्रहालय पुग्दा काठमाडौंको पुरातत्व विभाग र अभिलेखालय भएको कार्यालय परिसरमा पुगेझैं भयो । बंगलादेशका प्रसिद्ध कवि रफिक आजादकी भतिजी डा. निरु साम्सुन नाहर भेटिइन् । उनी संग्रहालयमा उपनिर्देशक रहिछन् । उनैले तीन तले संग्रहालयका ३८ वटा ग्यालरीको फटाफट शैलीमा ब्रिफिङ गरिन् हामीलाई । ग्यालरी पस्नुअघिको नक्सामा बंगलादेश र ढाकाका विभिन्न ठाउँबारे जानकारी गराइन् ।बंगलादेशको मात्र होइन, विश्वकै सबैभन्दा लामो सि–बीच मानिने कक्स बजार एक सय २२ किलोमिटरको रहेछ । एकातिर बर्माको म्यानमार र बाँकी तीनतिर भारतले घेरिएको बंगलादेशको छुट्टै इतिहास रहेछ । उनको हामीप्रतिको सामिप्यताले यसअघि भेटिएका थुप्रै बंगाली मित्रहरूको सन्दर्भलाई पुष्टि गरिरहेको थियो कि बंगलादेशी नेपालीलाई नजिक ठान्छन्, मैत्री व्यवहार गर्न रुचाउँछन् । सायद सामाजिक एवं सांस्कृतिक केही आयाम उस्तै भएर ।

सहबागमा सन् १९१३ देखि सुरुआत गरिएको ढाका संग्रहालयलाई सन् १९८३ मा राष्ट्रिय संग्रहालयमा परिणत गरिएको रहेछ । पहिलो तलालाई २२ कोठामा विभाजित गरी ६४ जिल्ला भएको बंगलादेशको ठूलो नक्सा, ठूलो मूर्तिमा रोयल बेंगल टाइगर, बंगलादेशका प्राकृतिक दृष्यहरू, सन् १९०० सम्मका बंगलादेशका ऐतिहासिक सन्दर्भहरू राखिएका छन् । दोस्रो तलामा बंगलादेशको स्वतन्तत्राका लागि युद्धमा होमिएका दृष्य र व्यक्तिका साथै भाषा आन्दोलनका सन्दर्भलाई समेटिएको छ । तेस्रो तलामा अन्तर्राष्ट्रिय नेता, कलाकार, वैज्ञानिक र प्रसिद्ध तस्वीरहरू र चीन, कोरिया, स्वीस र इरानियन गरी चार अन्तर्राष्ट्रिय ग्यालरी छन् । निरुले नेपालका लागि पनि एउटा ग्यालरी छुट्याइएको र नेपाल सरकारले आफ्नो देश प्रतिविम्बित हुने सामग्री चाँडै राखोस् भनी जानकारी गराइन् ।

राजधानी बसेर नेपालकै संसद् भवन नघुमेका हामी चकित थियौं । संसद् भवनको आउट लुकले नै लोभ्यायो हामीलाई । लुइस खानको त्यो डिजाइन तारिफयोग्य थियो ।

हामी बिहानै देखिको भ्रमणले खानाबाट वञ्चित भएर भोक र थकानले अस्तव्यस्त भइसकेका थियौं तर निरुको निकटता प्रदर्शन त्यो यथार्थबाट टाढा थियो । अन्त्यमा हामी यसरी विदा भयौं जसरी माइती उनले छोरी विदाइ गरिरहेकी छन् । सहिद मिनारबाट आधा घन्टा कारमा हुइँकिएपछि सेर ए बेंगला नगरस्थित आँखाले भ्याउञ्जेलको खुला हरियाली क्षेत्र र बीचमा भव्य भवन देखियो । संसद् भवन रहेछ । आयोजकले कसरी मिलाए होला संसद् घुम्ने व्यवस्था ? राजधानी बसेर नेपालकै संसद् भवन नघुमेका हामी चकित थियौं । संसद् भवनको आउट लुकले नै लोभ्यायो हामीलाई । लुइस खानको त्यो डिजाइन तारिफयोग्य थियो । पस्ने सामुन्नेको बाटो सांसदहरूले पनि प्रयोग गर्न नपाउँदा रहेछन् । कारले घुमाएर पछाडिपट्टि पु¥यायो । आयोजक मैत्री समाजका सचिव सलाउद्दिन कुटुसँग घुमिरहेका हाम्रो टोलीमा समाजका कोषाध्यक्ष सर्बर पनि संसद् पुग्दा थपिएका थिए । उसो त टोली जम्बो नै थियो, सांस्कृतिक कार्यक्रमका लागि पोखराको आठजनाको टोली पनि साथमै थियो ।

संसद् रहेको क्षेत्रफल दुई सय एकड रहेछ । नेपालको तराईसँग तुलाना गर्ने हो भने तीन सय बिगाहा भन्दाबढी । निश्चित नियम पूरा गरेपछि प्रवेशमा जोकसैलाई कडाई रहेनछ । मोबाइल लैजान बन्देज रहेछ । भवनभित्र बीचतिर एउटा बडेमाको पुस्तकालय थियो । सांसदहरूले पढ्ने कक्षहरूसहित । कीर्तिपुरमा रहेको सेन्ट्रल लाइब्र्रेरीभित्र रहेको अनुभूति भयो । तीन सय ५० सांसद हुँदा रहेछन् । डा. सिरिन सर्मिन चौधरी सभामुख । १२ वैशाख विमोचन गर्ने प्रमुख अतिथि उपसभामुख फजिर रब्बी मियासँग हिजो कार्यक्रममा चिनजान भइसकेको थियो । संसद्मा ५० सिट मनोनितलाई छुट्याइने रहेछ जहाँ २० जना निर्वाचित महिला सांसद हुने व्यवस्था रहेछ । पार्लियामेन्ट लाइब्रेरीका चिफसँग सर्बरले चिनजान गराए, नेपालबाट आउनुभएको पत्रकार । कापी कलम बोकेर टिप्दै हिँडिरहेको देखेका उनले सूचना पर्याप्त चाहिएलाझैं महसुस गरेर भवनबारे थुप्रै जानकारी दिए ।

Bangladesh | History, Capital, Map, Flag, Population, & Facts | Britannica

सन् १९८२ मा निर्माण भएको भवनको भूइँ तला आठ लाख २३ हजार वर्गफिटमा फैलिएको रहेछ । चिफका अनुसार, पुस्तकालयको बीचमा रहेको एउटै पिलरमा भवन बनेको छ । जोडिएका आठ भवन छन् । भव्य भवनको बीचमा जहाँ पुग्दा पनि माथिबाट प्रकाश छिर्ने रहेछ ।
हरियालीले राजधानी ढाकालाई नै छपक्क पारेको मौसममा तेस्रो दिनको पहिलो गन्तव्य सहिद मिनार सामान्य नै थियो । तर पनि कम आँक्न भने नमिल्ने । यसको प्राकृतिक पक्षभन्दा बलियो सन्दर्भ भने भाषा आन्दोलनको रहेछ । सहिद मिनार भाषा आन्दोलनमा सहिद हुनेहरूका लागि छुट्याइएको स्थान जहाँ राखिएको सहिद मिनारलाई बंगलादेशले राष्ट्रिय प्रतीकका रूपमा अघि सारेको छ । यो ढाका मेडिकल कलेज र अस्पताल अनि ढाका विश्वविद्यालयको गणित विभागको छेउमा अवस्थित छ । मिनार पहिलोपटक सन् १९५२ को फेब्रुअरीमा बनाइएको हो । मिनारको उचाई १०.५ फिट छ ।

दुई वर्षपछि प्रहरीले उक्त मिनार भत्काएपछि पुनः बनाइएको हो । यो एक हजार पाँच सय वर्गकिलोमिटर क्षेत्रफलमा छ । दुईपटक घुमिसकेका पवन आलोकले भन्नुभयो, ‘राष्ट्रिय कवि काजी नजुरुल इस्लामको समाधी हो त्यो, उहाँ नेपालका आदिकवि भानुभक्त आचार्यझैं आदरणीय मानिन्छ ।’ सरकारले सन् १९५२ मा सहिद मिनारमा इस्लामको समाधी बनाएको रहेछ । समाजका सचिव सदाउद्दिन कुटुले थपे, ‘मोहम्मद अलिजिन्नाले पूर्वी पाकिस्तानमा उर्दूलाई राष्ट्रिय भाषा हुनुपर्छ भनेपछि भएको आन्दोलनमा १२ जनाको ज्यान गएको थियो । यसै सिलसिलामा बंगलादेशकै अग्रसरतामा संयुक्त राष्ट्र संघले २१ फेब्रुअरीमा विश्वभर मातृभाषा दिवस मनाउने निर्णय गरेको हो ।’

लेखक अन्नपूर्ण पोष्ट ‘फुर्सद’ परिशिष्टांकको सम्पादक/संयोजक हुन् ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope