आफ्नै गाउँमा डेरा खोज्न सास्ती


‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्छन् ।

असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बस्नुभएका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थालेका छन् ।

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीसँगै सीतलादेवी माध्यमिक विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र लोकतन्त्र आधारभूत विद्यालयमा बस्नुभएका बाढीपीडित सधैँ विद्यालयमा बसेर निर्वाह नचल्ने भएपछि डेरा खोज्न थालेका हुन् । आफ्नै गाउँमा बाढीपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उनीहरूले सपनामा पनि सोचेका थिएनन् । केही दिनअघिसम्म मासिक हजारौँ रुपियाँ डेराभाडा उठाउने घरबेटीको अहिले डेरा खोज्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

त्यहाँको सबैभन्दा ठूलो विद्यालय शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा गठित समितिले बाढीबाट क्षति पुगेको घर र जग्गा अभिलेखीकरणको कार्य सुरु गरेको मेलम्ची नगरपालिका–१०, का अध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए ।

‘‘अहिलेसम्म हाम्रो वडाका १९ वटा घर ‘कोल्याप्स’ भएका छन्, ती घरमा बस्ने ५० भन्दा बढी परिवारको स्कुलमा बास छ,’’ अध्यक्ष खड्का थप्छन्, “एक महिना अघिसम्म हजारौँ रुपियाँ घरभाडा उठाउने घरबेटी अहिले डेराको खोजीमा भौँतारिरहनुभएको छ ।”

सुरक्षित ठाउँमा डेरा भेट्टाउनै मुस्किल परेको गणेशप्रसाद रिजालले बताए । उनी व्यावसायिक रूपमा पशुपालन गरेर बसेकाले त्यसका लागि उपयुक्त ठाउँ र टहरो बनाउन सकिने ठाउँ खोजिरहेका छन् । उनको गोठबाट चारवटा भैँसी र पाठापाठीको उद्धार गरिए पनि भाँडाकुँडा सबै बाढीले बगाएको छ ।

मेलम्ची नगरपालिकाभित्रकै बहुमूल्य घरजग्गा बगाएपछि वडाका ३५ परिवार घरविहीन भएको वडा नं ६ का अध्यक्ष जितराज थापाले बताए । दुई साताअघिसम्म अरूलाई डेरामा राख्ने मान्छेहरू अहिले आफैँ डेरा खोज्न थाल्नुभएको थापाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope