उपत्यकाका निषेधाज्ञा थप हुने, निर्णय लिन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै


काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आज अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर–विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

व्यवसायीले सार्वजनिक यातायात समेत चल्न दिनु पर्ने माग गरेपनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन ।
व्यवसाय पनि बार अनुसार चलाउन दिइएको छैन । थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने जनाइएको छ ।

प्रशासनले केहि खुकुलो बनाउदै निषेधाज्ञा थप गरिरहेको छ। पछिल्लो समय थपिएको निषेधाज्ञा भोली राती १२ बजेबाट सकिदै छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope