नेपाल फुक्र्याउँदै देउवा र प्रचण्ड

काठमाडौं. । नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् ।
एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रुपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो रणनीति लिएका छन् ।
शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा र दाहालले नेपालको खुलेर प्रशंसा गरे ।
देउवाले माधव नेपालको प्रशंसा गर्दै माधव नेपाल लडाकु मित्र भएको बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता नेपाल एमालेको झन् ठूलो नेता बनेको भन्दै फुर्क्याएका छन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस