मुक्तिकोटमा चरम खाद्यान्न सङ्कट


मार्तडी । स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो ।    

स्थानीयवासी बलबहादुर वि।कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उहाँले भन्नुभयो “ लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको छैन । गाँउमा रोजगारी पनि छैन । घरमा खाद्यन्न भएको खाद्यन्न पनि सकियो ।”    

लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको स्थानीय रामबहादुर वि।कले जानकारी दिनुभयो । ती गाउँका अधिकांश युवा कामका लागि भारत जाने गर्दछन् । कोरोना कहरका कारण पछिल्लो समय अधिकांश युवा गाउँ फर्किदा खाद्यन्न समस्या आएको बताइएको छ ।

स्थानीय उत्पादनले एकमहिना पछि छाक नटर्ने मुश्किल पर्ने स्थानीयवासी औजनी विकले बताउनुभयो । अधिकांश परिवार १२ महिना बजारका खाद्यन्नमा निर्भर हुनुपर्न बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।    

मुुक्तिकोट गाँउमा चरम खाद्य सङ्कट र बालबालिका कुुपोषणका चपेटामा रहेको स्वामीकार्तिक गाउँपालिका सुचना अधिकारी कुुबेर शाहीले बताउनुभयो ।उहाँले यसबाट बालवालिका, गर्भवती र ज्येष्ठ नागरिक कुुपोषणको शिकार बनेको जानकारी दिनुभयो ।    

बालबालिकाको कुुपोषणबाट मृत्यु हुुने गरेको बताइएको छ । गाँउमा चरम खाद्य सङ्कट हुँदा सङ्घीय तथा प्रादेशिक सरकारबाट सहयोग नभएको बताइएको छ । गाँउपालिकाले भने गाँउमा केही खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ ।

गरिब घर परिवार पहिचान बोर्डले विसं २०७२ मा निकालेको प्रतिवेदनमा सो गाँउपालिकामा ७५ प्रतिशत घरपरिवार गरिबीको रेखामुुनि रहेको उल्लेख छ । प्रतिवेदनमा गााउँपालिकामा दुई हजार एक सय ८५ परिवार मध्ये एकहजार आठ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको जनाइएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope